माछापुच्छ्रे बैंकले पशुपतिनाथको दर्शनार्थ आउने दर्शनार्थीहरुको सुविधाको लागि लकर कक्ष निर्माण गरेको छ। बैंकले आइतबार उक्त लकर पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ ।
कोषका अध्यक्ष एवं माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री रबिन्द्र अधिकारीले लकर सुबिधाको उद्घाटन गरेका हुन्। बैंकले पशुपति मन्दिरमा आउने तिर्थालुजनहरुको सुविधाको लागि लकर घर निर्माण गरी ५१० थान लकर राखेको हो । उक्त लकर कक्ष सञ्चालनमा आए पश्चात तिर्थालुजनहरुले लकरमा आफ्नो सर–सामानहरु सुरक्षित रुपमा राख्न सक्नेछन् ।
बैकले आफ्ना ८६ वटा शाखाहरु, ९९ एटिएम, २ वटा एक्स्टेन्सन काउन्टर, २९ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ११७ स्थानवाट सेवा प्रदान गर्दै आएको छ ।