बैंक वित्तीय संस्थामा अझै 'अयोग्य' संचालकको बिगबिगी, राष्ट्र बैंक मुकदर्शक किन ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 04, 2018 | 05:49:48 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक वित्तीय संस्थाहरुमा अझैं पनि अयोग्य संचालक रहेको पाइएको छ। नेपालमा रहेका करिब १५१ बैंक तथा वित्तीय संस्थामा कार्यरत करिब १००० बढी संचालक मध्ये अझैं पनि दर्जनौं संचालकहरु अयोग्य रहेको पाइएको हो। 

बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन, २०७३ (बाफिया) ले स्नातक गरेको वा आफ्नै निजी फर्म, कम्पनी वा सामान्य किराना पसलमा ५ वर्ष काम गरेको अनुभवप्राप्त व्यक्ति संचालक हुन पाउने व्यवस्थालाई हटाएर शैक्षिक योग्यताको अनिवार्यता गरेको छ। 

बैंक तथा बित्तीय संस्थाको संचालक बन्न स्नातकोत्तर उत्तीर्ण गरी सरकारी सेवाको अधिकृत स्तर वा संगठित संस्था वा स्वदेशी बैंक वा बित्तीय संस्थाको पदाधिकारी तहमा कम्तीमा एकवर्ष काम गरेको हुनुपर्ने व्यवस्था छ। 

त्यस्तै, स्नातक उतीर्ण गरेर वा सरकारी सेवाको अधिकृत स्तर वा संगठित संस्था वा स्वदेशी बैंक वा बित्तीय संस्थाको पदाधिकारी तहमा कम्तीमा पाँच वर्ष काम गरेको व्यक्ति पनि संचालक बन्न पाउने व्यवस्था छ।शैक्षिक योग्यता नपुगेका व्यक्तिलाई बैंक संचालक बन्न छुट दिंदा दर्जन बढी बैंक वित्तीय संस्थामा सामान्य भन्दा सामान्य काम समेत प्रभावित हुने र त्यहाँका व्यवस्थापकहरुलाई धेरै हस्तक्षेप हुनेगरेको पाइएको छ।

बाफियामा भएको व्यवस्था अनुसार राष्ट्र बैंक सांसदहरुलाई संचालक बन्न र एकै व्यक्तिलाई दुई वित्तीय संस्थामा संचालक हुनबाट रोक्न सफल देखिएपनि शैक्षिक योग्यताको अनिवार्यता लागू गर्न भने असफल भएको छ। आजका दिनमा पनि बैंक तथा अन्य वित्तीय संस्थामा शैक्षिक योग्यता नपुगेका व्यक्तिहरुनै संचालक भएकाले राष्ट्र बैंकको नियत माथि नै प्रश्न उठ्न थालेको छ।

हिजोका दिनमा पैसा लगानी गरेका भरमा सञ्चालक हुन पाइने व्यवस्थाबाट बैंक वित्तीय संस्थामा सुशासन नभएकाले सरकारले संचालक बन्न पैसासंगै सम्बन्धित क्षेत्रको अनुभव र शैक्षिक योग्यता पनि चाहिने व्यवस्था गरेको हो। तर पनि राष्ट्र बैंकका उच्च तहका कर्मचारीलाई बिभिन्न प्रलोभनमा पारि अझैं पनि केहि बैंक वित्तीय संस्थामा शैक्षिक योग्यता नपुगेका व्यक्तिहरु संचालक समितिमा नै रहन सफल देखिएका छन।

जनताको मेहनतको पैसाको सुरक्षाको साथसाथै उचित सदुपयोग गरि बढी भन्दा बढी प्रतिफल दिनुपर्ने बैंक वित्तीय संस्था जस्तो संस्थाहरुमा समेत शैक्षिक योग्यता नपुगेका व्यक्तिहरु संचालक समितिमा रहंदा सम्पूर्ण बैंकिङ नै जोखिममा परेको बिज्ञहरुको भनाई छ। राष्ट्र बैंकका उच्च तहका कर्मचारीहरु बाफिया लागू गर्न छाडेर व्यक्तिगत लाभमा केन्द्रित हुँदा समग्र वित्तीय क्षेत्र र मुलुकप्रति नै गद्धारी गर्ने प्रवृति देखापरेको बिज्ञहरुको भनाई छ।बैंक वित्तीय संस्थाहरुको बार्षिक साधारणसभा नजिकिदै गर्दा राष्ट्र बैंकका कर्मचारीलाई मनाउन अयोग्य संचालकहरु सक्रिय रहेको समेत पाइएको छ। अयोग्य संचालकहरुलाई कारबाही गर्नुको साट्टो राष्ट्र बैंकका कर्मचारीबाट उल्टै त्यहि संस्थामा आफ्नालाई रोजगारी दिनुपर्ने लगायतका अन्य आर्थिक फाइदा उठाउने गतिबिधि बढेको राष्ट्र बैंककै केहि व्यक्तिहरुको भनाई छ।    

बैंक वित्तीय संस्थामा संचालक समिति सदस्यहरुको महत्त्वपूर्ण भूमिका हुने गर्छ। रणनीतिक तथा नीतिगत योजना तयार गर्ने,  ठुला ठुला कर्जा परिचालन गर्ने, जोखिम विश्लेषण गर्ने, व्यवस्थापकहरुसंग प्रत्यक्ष सम्पर्कमा रही बैंकिङ गर्नुपर्ने जस्ता महत्त्वपूर्ण कामहरु संचालक सदस्यले गर्नुपर्ने हुन्छ। तर जनताको पैसा चलाउने अधिकार पाएका संचालकहरुनै अयोग्य हुँदा बैंकिङ क्षेत्र नै जोखिम बढेको छ। संचालक समितिमा अयोग्य व्यक्तिहरु नपुगुन भन्ने उदेश्यले बिजपाटी डटकम आगामी दिनमा कुन बैंक वित्तीय संस्थामा अयोग्य संचालकहरु छन, यसमा राष्ट्र बैंकका कुन कर्मचारी कसरि संलग्न छ भन्ने बिषयबारे निरन्तर फलो अपमा रहनेछ।


सञ्चालकको योग्यता  

(क) विदेशी वा स्वदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठीत संस्थाको संचालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको अधिकृत स्तरमा कम्तीमा पाँच वर्ष काम गरेको

(ख) स्नातकोपाधि हासिल गरेको र विदेशी वा स्वदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको संचालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको कम्तीमा अधिकृत स्तरमा कम्तीमा तीन वर्ष काम गरेको

(ग) तोकिए बमोजिम सम्बन्धित विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि ‘घ’ वर्गको वित्तीय संस्थाको सञ्चालकको शैक्षिक योग्यता तथा अनुभव राष्ट्र बैंकले

समय समयमा तोके बमोजिम हुनेछ । तर, स्वतन्त्र सञ्चालकको योग्यता दफा १७ बमोजिम हुनेछ ।

स्वतन्त्र सञ्चालकको योग्यता 

(क) ‘क’ वर्गको बैंक वा ‘ख’ वर्गको राष्ट्रियस्तरको विकास बैंकको हकमा राष्ट्र बैंकले तोकेको विषयमा स्नातकोत्तर गरी राष्ट्र बैंकले तोके बमोजिम अनुभव प्राप्त व्यक्ति,

(ख) ‘ख’ वर्गको राष्ट्रियस्तरको विकास बैंक वाहेक ‘ख’ वर्गको अन्य विकास बैंक एवं ‘ग’ वर्गको वित्तीय संस्थाको हकमा राष्ट्र बैंकले तोकेको विषयमा स्नातक गरी राष्ट्र बैंकले तोके बमोजिम अनुभव प्राप्त व्यक्ति,

(ग) ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाको हकमा राष्ट्र बैंकले तोके बमोजिम योग्यता तथा अनुभव प्राप्त व्यक्ति ।






Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved