तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक कमल ज्ञवाली पक्राउ

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 05, 2018 | 07:47:44 AM मा प्रकाशित

laxmi  sunrise bank

तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक कमल ज्ञवाली पक्राउ परेका छन् ।  बैंकिङ कसुर तथा किर्ते जालसाजी मुद्दामा दोषी ठहर भएका ज्ञवालीलाई महानगरीय अपराध अनुसन्धान महाशाखाले भारतबाट पक्राउ गरेको हो। 

ऋण दूरुपयोग अभियोगमा नेपाल राष्ट्र बैंकले दायर गरेको मुद्दामा तत्कालिन पुनरावेदन अदालत पाटनले  ज्ञवालीलाई ३ वर्ष कैद र १२ करोड ५० लाख जरीवाना तिराउने फैसला गरेको थियो। अदालत अन्तर्गतको वाणिज्य इजलासले उनकी श्रीमती गौरी खनाल ज्ञवालीलाई पनि सजाय सुनाएको छ । त्यसयता ज्ञवाली फरार थिए। 

उनीमाथि 'जम्को प्रकाशन प्रालि' लाई कमसल धितो मूल्याङ्कन गरी कर्जा लगानी नीति विपरीत ऋण स्वीकृत गरेकोमा मुद्दा दायर भएको थियो। ६ करोड रुपैयाँ पर्ने सम्पत्ति धितो राखेर बैंकबाट ३ गुणा बढी कर्जा लिई त्यसको दुरुपयोग भएको भेटिएपछि केन्द्रिय अनुसन्धान व्यूरोले मुद्दा दायर गरेको थियो। ज्ञवाली पक्राउ बारे प्रहरीले आज पत्रकार सम्मलेन गरी जानकारी दिने प्रहरी स्रोतले बताएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved