एनआईसी एशियाद्धारा अष्ट्रेलियन डलर बिक्री शुरु

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 06, 2018 | 12:00:29 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकले अष्ट्रेलियन डलर आयात गरी बिक्री शुरु गरेको छ । बंैकले अमेरिकी डलर, अष्ट्रेलियन डलर लगायत विदेशी मुद्रा ग्राहकहरूको आवश्यकता अनुसार सटही सुविधा प्रदान गरिरहेको छ जनाएको छ । 

बंैकले बिदा मनाउन, अध्ययन गर्न र अन्य विभिन्न सिलसिलामा विदेश जाने नेपालीहरूका लागि सम्बन्धित देशको मुद्रा आवश्यक पर्ने हुँदा त्यस्ता मुद्राको सरल सटहीको सुविधा उपलब्ध गराउँदै आएको छ । अध्ययन तथा भ्रमण लगायतका अन्य कामका लागि विदेश जाने ग्राहकहरूले विदेशी मुद्रा खरिदका लागि आफ्नो म्याद नसकिएको भिसा र प्लेन टिकट साथमै लिएर उपस्थित हुन पनि भनेको छ । 

बैंकले काठमाडौं उपत्यकाका सबै शाखाहरूमा अष्ट्रेलियन मुद्रा लगायत अन्य विदेशी मुद्राहरु उपलब्ध रहेको जनाएको छ । बैंकले हाल २५६ शाखा, २४९ एटिएम, २२ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved