बिजपाटी समाचार प्रभाव: अयोग्य संचालकमाथि राष्ट्र बैंकको एक्सन, बैंकलाई दियो यस्तो निर्देशन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 08, 2018 | 07:17:15 PM मा प्रकाशित

laxmi  sunrise bank

पाल राष्ट्र बैंकले 'अयोग्य' संचालक व्यवस्थापन गर्न भन्दै सम्बन्धित बैंकहरुलाई पत्र काटेको छ। बिजपाटी डटकमले 'बैंक वित्तीय संस्थामा अझै 'अयोग्य' संचालकको बिगबिगी, राष्ट्र बैंक मुकदर्शक किन ?' भन्ने शिर्षकमा समाचार लेखेको चौथो दिनपछि राष्ट्र बैंकले सम्बन्धित बैंकहरुलाई पत्र काटेको हो। 

राष्ट्र बैंकले नेपाल क्रेडिट एण्ड कमर्श, एनसीसी लगायत केहि बाणिज्य बैंकहरुलाई तत्काल अयोग्य संचालक व्यवस्थापन गर्न निर्देशन दिंदै पत्र काटेको स्रोतले जनाएको छ। राष्ट्र बैंकको बैंक सुपरिवेक्षण बिभागले बैंकहरुलाई तत्कालै अयोग्य संचालकको व्यवस्थापन गर्न भन्दै पत्र काटेको हो।  

बैंकहरुलाई बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन, २०७३ (बाफिया) मा भएको व्यवस्था अनुसार नै शैक्षिक योग्यता पुगेका व्यक्तिहरुलाई संचालक राख्न भन्दै पत्र काटेको स्रोतको भनाई छ। राष्ट्र बैंकले तत्कालै अयोग्य संचालकलाई हटाई त्यसको व्यवस्थापन गर्न निर्देशन दिएकाले केहि बाणिज्य बैंकले आजनै छलफल थालेको जानकारीमा आएको छ।  

बाफियामा भएको व्यवस्था अनुसार राष्ट्र बैंक सांसदहरुलाई संचालक बन्न र एकै व्यक्तिलाई दुई वित्तीय संस्थामा संचालक हुनबाट रोक्न सफल देखिएपनि शैक्षिक योग्यताको अनिवार्यता लागू गर्न भने असफल भएको छ। नेपालमा रहेका करिब १५१ बैंक तथा वित्तीय संस्थामा कार्यरत करिब १००० बढी संचालक मध्ये अझैं पनि दर्जनौं संचालकहरु अयोग्य रहेको पाइएको छ। 

हिजोका दिनमा पैसा लगानी गरेका भरमा सञ्चालक हुन पाइने व्यवस्थाबाट बैंक वित्तीय संस्थामा सुशासन नभएकाले सरकारले संचालक बन्न पैसासंगै सम्बन्धित क्षेत्रको अनुभव र शैक्षिक योग्यता पनि चाहिने व्यवस्था गरेको हो। तर पनि राष्ट्र बैंकका उच्च तहका कर्मचारीलाई बिभिन्न प्रलोभनमा पारि अझैं पनि केहि बैंक वित्तीय संस्थामा शैक्षिक योग्यता नपुगेका व्यक्तिहरु संचालक समितिमा नै रहन सफल देखिएका छन।

जनताको मेहनतको पैसाको सुरक्षाको साथसाथै उचित सदुपयोग गरि बढी भन्दा बढी प्रतिफल दिनुपर्ने बैंक वित्तीय संस्था जस्तो संस्थाहरुमा समेत शैक्षिक योग्यता नपुगेका व्यक्तिहरु संचालक समितिमा रहंदा सम्पूर्ण बैंकिङ नै जोखिममा परेको बिज्ञहरुको भनाई छ। राष्ट्र बैंकका उच्च तहका कर्मचारीहरु बाफिया लागू गर्न छाडेर व्यक्तिगत लाभमा केन्द्रित हुँदा समग्र वित्तीय क्षेत्र र मुलुकप्रति नै गद्धारी गर्ने प्रवृति देखापरेको बिज्ञहरुको भनाई छ।

बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन, २०७३ (बाफिया) ले स्नातक गरेको वा आफ्नै निजी फर्म, कम्पनी वा सामान्य किराना पसलमा ५ वर्ष काम गरेको अनुभवप्राप्त व्यक्ति संचालक हुन पाउने व्यवस्थालाई हटाएर शैक्षिक योग्यताको अनिवार्यता गरेको छ। 

बैंक वित्तीय संस्थामा संचालक समिति सदस्यहरुको महत्त्वपूर्ण भूमिका हुने गर्छ। रणनीतिक तथा नीतिगत योजना तयार गर्ने,  ठुला ठुला कर्जा परिचालन गर्ने, जोखिम विश्लेषण गर्ने, व्यवस्थापकहरुसंग प्रत्यक्ष सम्पर्कमा रही बैंकिङ गर्नुपर्ने जस्ता महत्त्वपूर्ण कामहरु संचालक सदस्यले गर्नुपर्ने हुन्छ। तर जनताको पैसा चलाउने अधिकार पाएका संचालकहरुनै अयोग्य हुँदा बैंकिङ क्षेत्र नै जोखिम बढेको छ। संचालक समितिमा अयोग्य व्यक्तिहरु नपुगुन भन्ने उदेश्यले बिजपाटी डटकम आगामी दिनमा कुन बैंक वित्तीय संस्थामा अयोग्य संचालकहरु छन, यसमा राष्ट्र बैंकका कुन कर्मचारी कसरि संलग्न छ भन्ने बिषयबारे निरन्तर फलो अपमा रहनेछ।

बैंक वित्तीय संस्थामा अझै 'अयोग्य' संचालकको बिगबिगी, राष्ट्र बैंक मुकदर्शक किन ?

सञ्चालकको योग्यता  
(क) विदेशी वा स्वदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठीत संस्थाको संचालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको अधिकृत स्तरमा कम्तीमा पाँच वर्ष काम गरेको
(ख) स्नातकोपाधि हासिल गरेको र विदेशी वा स्वदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको संचालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको कम्तीमा अधिकृत स्तरमा कम्तीमा तीन वर्ष काम गरेको
(ग) तोकिए बमोजिम सम्बन्धित विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि ‘घ’ वर्गको वित्तीय संस्थाको सञ्चालकको शैक्षिक योग्यता तथा अनुभव राष्ट्र बैंकले
समय समयमा तोके बमोजिम हुनेछ । तर, स्वतन्त्र सञ्चालकको योग्यता दफा १७ बमोजिम हुनेछ ।

स्वतन्त्र सञ्चालकको योग्यता 
(क) ‘क’ वर्गको बैंक वा ‘ख’ वर्गको राष्ट्रियस्तरको विकास बैंकको हकमा राष्ट्र बैंकले तोकेको विषयमा स्नातकोत्तर गरी राष्ट्र बैंकले तोके बमोजिम अनुभव प्राप्त व्यक्ति,
(ख) ‘ख’ वर्गको राष्ट्रियस्तरको विकास बैंक वाहेक ‘ख’ वर्गको अन्य विकास बैंक एवं ‘ग’ वर्गको वित्तीय संस्थाको हकमा राष्ट्र बैंकले तोकेको विषयमा स्नातक गरी राष्ट्र बैंकले तोके बमोजिम अनुभव प्राप्त व्यक्ति,
(ग) ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाको हकमा राष्ट्र बैंकले तोके बमोजिम योग्यता तथा अनुभव प्राप्त व्यक्ति ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved