नेपाल बङ्गलादेश बैंकको नयाँ शाखा बुलिङ्गटार र रामपुरमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 09, 2018 | 11:57:25 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बङ्गलादेश बैंक लिमिटेडले नवलपरासी र सल्यानमा आफ्नो ७९ र ८० औं शाखाहरु संचालनमा ल्याएको छ । बैंकले नवलपरासीको बुलिङ्गटार र सल्यानको रामपुर,कालिमाटिमा नयाँ शाखा संचालनमा लायाएको हो  ।  

आइतबार बुलिङ्गटार शाखाको  बैँकका सञ्चालक दिपक कार्कीले उद्घाटन गरेका हुन् भने सोमबार कालिमाटि शाखाको बैंकका सञ्चालक मुकुन्द नाथ ढुङ्गेलले गरेका हुन्  । यी शाखाहरुबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।  

यी शाखाहरु सहित बैंकले ८० शाखा, ७ एक्सटेन्सन काउन्टर, ६ शाखारहित घरदैलो बंैकिङ्ग सेवा तथा ५७ वटा एटिएमबाट बैंकिङ्ग सुविधा प्रदान गर्दै आएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved