एनएमबी बैंकले दिने सम्पूर्ण ऋणको जानकारी कर्जा बजारबाट

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 09, 2018 | 01:44:57 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमवि बैंक र कर्जा बजार बिचकर्जा सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा एनएमबि बैंकका तर्फबाट चिफ विजनेश अफिसर गोविन्द घिमिरे र कर्जा बजारका तर्फबाट  फोनिक्स क्यापिटल प्रा.लिका डाइरेक्टर युरोपमान श्रेष्ठले हस्ताक्षर गरेका हुन्। 

कर्जा बजारसंगको सम्झौताले ग्राहकलाई रिटेल कर्जा प्रक्रिया सहज हुने बैंकको भनाई  छ । जस अन्तर्गत इच्छुक ग्राहकले सजिलै एनएमबि बैंकको कर्जा सम्बन्धी सम्पूर्ण जानकारी लिन सक्छन । साथै ग्राहकले कर्जा बजारबाट कर्जाका लागि आवश्यक प्रक्रिया सुरु गरेर कर्जाको अवस्था पनि बुझ्न सक्नेछन । यो सुविधा एनएमबि भिषा क्रेडिट कार्डमा पनि उपलब्ध रहेको बैंकले जनाएको छ ।

ग्राहकले बैंकको रिटेल कर्जा (घर कर्जा, गाडी कर्जा, शैक्षिक कर्जा आदी ) सम्बन्धी विभिन्न सुविधा जस्तै व्याजदर र कर्जाको अवधिको बारेमा  बजारमा उपलब्ध  कर्जा सुविधासंग तुलना गर्न सक्नेछन ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved