ग्लोबल आइएमई बैंक लिमिटेड र कास्कीमा रहेको लेखनाथ सिटि हस्पिटल प्रालिबीच बैंकका कर्मचारी तथा कर्मचारीका परिवारलाई उपचारमा छुट दिने सम्बन्धमा सम्झौता भएको छ।
सम्झौतामा बैंकका गण्डकी प्रदेश प्रमुख अजय थापाको उपस्तिथीमा बेगनास शाखाको शाखा प्रबन्धक दिनेश अधिकारि र हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक सृजन रानाभाटले हस्ताक्षर गरेका छन।
सम्झौता अनुसार बैंकका डेविट कार्ड, क्रेडिट कार्ड, प्रिभिलेज कार्ड होल्डर, बैंकका कर्मचारी तथा कर्मचारीका परिवारले सो हस्पिटलमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउनेछन।
बैंकले १३२ वटा शाखा १३८ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलन काउण्टर, १०३ शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि सम्पर्क कार्यालय मार्फत ९ लाख ५० हजार भन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
Shiva Dhital