होटेल शम्बलामा मुक्तिनाथ विकास बैंकका ग्राहकलाई बिशेष छुट

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 10, 2018 | 07:10:53 AM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक. र होटेल शम्बला, महाराजगञ्ज छुट सम्बन्धि सम्झौता भएको छ । सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकका भिजा डेविट कार्ड भएका सबै ग्राहकहरुले उक्त होटेल शम्बलावाट विभिन्न सेवा सुविधामा १५% सम्मको विशेष छुट पाउने छन् ।

उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सी र होटेल शम्बलाकोे तर्फबाट बजारीकरण विभागका निर्देशक रबिन मानन्धरले हस्ताक्षर गरेका हुन् ।  बैंकको भिजा डेविट कार्ड देखाए मात्र पनि उक्त छुट सुविधा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved