मेगा बैंकको ‘मेगा रेमिट’ सेवा अब दक्षिण कोरियाबाट

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 10, 2018 | 04:59:43 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक नेपाल सञ्चालनमा ल्याएको ‘मेगा रेमिट’ले दक्षिण कोरियाबाट रेमिट्यान्स सेवा सुरु गरेको छ । दक्षिण कोरियाको जी–मनी ट्रान्स कम्पनीसँग सम्झौता गरी मेगा बैंकले दक्षिण कोरियामा पनि ‘मेगा रेमिट’ सेवा सुरु गरेको हो । सम्झौता अनुसार, अब दक्षिण कोरियामा रहेका जी–मनी ट्रान्सका जुनसुकै शाखाबाट मेगा बैंकमा ‘मेगा मातृभूमि बचत खाता’ खोल्न र रकम स्वदेश पठाउन सकिने बैंकले जनाएको छ ।  

‘मेगा मातृभूमि बचत खाता’ अनलाइन मार्फत खोल्न सकिन्छ । यस खातामा ७ प्रतिशत वार्षिक ब्याज पाइन्छ भने मोबाइल बैंकिङ, अनलाइन बैंकिङ, एबीबीएस, बैंक स्टेटमेन्ट लगायतका सुविधाहरु निःशुल्क गरिएको र भिसा डेबिट कार्डमा २५ प्रतिशत छुटको पनि व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved