माछापुच्छ्रे बैंकका ब्राण्ड एम्बेसडर गिरि र राईलाई अर्को सफलता

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 10, 2018 | 10:22:13 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुछ्रे बैंकका ब्राण्ड एम्बेसडर आर्यन गिरि र मिरा राइलाई अर्को सफलता हात लागेको छ। गिरिले थाइल्याण्डमा आयोजित थाइल्याण्डमा आयोजित इम्प्याक्ट सुपर जुनियर सिरिज अन्तर्गतको यू १४ बोइज सिन्गल्सको उपाधि जित्न सफल भएका छन। 

नेपाल लगायत भारत, जापान, अमेरिका, सिङ्गापुर र थाइल्याण्डबाट भाग लिएका ३२ जनाको समूहबाट गिरीले प्रथम स्थान हासिल गरि उक्त उपाधि जितेका हुन। यस जितसँगै बालीमा अक्टोबर महिनामै आयोजित हुन लागेको एसियामै उत्कृष्ट मानिने यू १४ टेनिस प्रतियोगिताको लागि थप उर्जा मिलेको गिरीको भनाई छ। 

गिरी १३ वर्षीय उदीयमान टेनिस खेलाडी हुन् । ६ वर्षको कलिलै उमेरदेखि टेनिस शुरु गरेका गिरीले नेपाल अन्डर १४ को नम्बर १ र एशिया अन्डर १४ मा नम्बर २९ स्थान बनाउन सफल खेलाडी हुन। 

त्यसैगरि बैंकका अर्का प्रतिभावान ब्रान्ड एम्ब्यासडर मिरा राईले पनि अगस्ट महिनामा इटालीमा आयोजित ट्रोफियो किमा–स्काई रनिङ्ग वल्र्ड सिरिजमा तेस्रो स्थान हासिल गर्न सफल भएकी थिइन् । बैंकले यस वर्ष खेलकुद क्षेत्रका उदीयमान नामहरु मिरा राई, प्रतिमा शेर्पा र आर्यन गिरीलाई ब्रान्ड एम्ब्यासडरको रुपमा नियुक्त गरेको थियो।

बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ३३ शाखा रहित बैकिङ्ग सेवा र ९९ वटा एटीएम मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।  

     





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved