रोल्पाको घर्तिगाँउमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 14, 2018 | 06:35:03 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंकले रोल्पामा एक्सटेन्सन काउण्टर सुरु गरेको छ । बैंकले जिल्लाको माडी गाँउपालिका वडा नं २, घर्तिगाँउमा एक्सटेन्सन काउण्टर सुरु गरेको हो। माडी गाँउपालिकामा सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरि एक्सटेन्सन काउण्टर सुरु गरेको बताएको छ । 

यसका साथै बैंकले आजैबाट काठमाण्डौको ठमेलका थप एउटा एटिएम सेवा विस्तार गरेको छ । विस्तारित एटिएम सेवा सगैं बैंकको एटिएम संख्या १४० पुगेको छ ।

बैंकले १३२ शाखा, १४० एटिएम, ६ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र १०३ शाखा रहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved