इन्भेष्टमेण्ट बैंकद्वारा थप ६ स्थानमा एटिएम सेवा संचालन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 14, 2018 | 06:39:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले काठमाडौं, भक्तपुर, रसुवा र सर्लाहीका विभिन्न ६ स्थानमा एटिएम सेवा सुरु गरेको छ ।

बैंकले काठमाडौको सितापाइलास्थित वाफल शाखा, धापासीस्थित ग्राण्डी अन्तराष्ट्रिय अस्पताल, बालुवाटारस्थित नेपाल राष्ट्र बैंक गेट अगाडी, भक्तपुरको ठिमीस्थित भाटभटेनी सुपरमार्केट, रसुवाको धुन्छे एक्सटेन्सन काउन्टर  तथा सर्लाहीको बरहथवा शाखामा एटिएम सेवा थप गरेको हो । 

यीसंगै नेपाल इन्भेष्टमेण्ट बैंक लि.को एटिएम संख्या १०७ पुगेको बैंकले जनाएको छ । 

बैंकले ७७ वटा शाखा, ६० वटा शाखारहित बैंकिङ सुविधा तथा नौ वटा राजश्व संकलन केन्द्रबाट सेवा प्रदान गरिरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved