ग्लोबल आइएमईको शाखा रहित बैंकिङ सेवा भक्तपुरको सरस्वतीस्थानमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 26, 2018 | 05:13:54 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंकले भक्तपूरको सरस्वतीस्थानमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । उक्त शाखा रहित बैंकिङ सेवाको भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले उद्घाटन गरे ।  

यस शाखा रहित बैंकिङ सेवा मार्फत निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, लगायतका सेवा प्राप्त हुने बैंकले जनाएको छ । 

बैंकले हाल १३२ शाखा, १४० एटिएम, ६ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र १०४ शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved