कनेक्ट आईपीएसको औपचारिक शुभारम्भ, के के पाइन्छ सुबिधा ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 29, 2018 | 11:41:21 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्लियरिङ्ग हाउसको कनेक्ट आईपिएस भुक्तानी प्रणालीको औपचारिक शुभारम्भ भएको छ कनेक्ट आईपिएस भुक्तानी प्रणालीलाई सिङ्गल पेमेन्टस् प्लेटफर्मको रुपमा स्थापित गर्न विभिन्न विशेषता सहितको वेब र मोबाइल एपको औपचारिक शुभारम्भ गरिएको हो ।

यस अघि परिक्षणको रुपमा सुरु गरिएको यस सेवाको अर्थमन्त्री डा युवराज खतिवडाले औपचारिक उद्घाटन गरेका हुन् । 

यस प्रणाली मार्फत बैंकका ग्राहकहरुले कनेक्ट आईपीएसको वेब अथवा मोबाइल एपबाट आफूलाई एकपटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई सिधै आफ्नो बैंक खाता मार्फत कारोबारहरु गर्न सक्ने छन् । सबै कारोबारहरु अनलाईन मार्फत सिधै बैंक खाताबाट हुने हँदा कारोबार सहज हुन्छ । यस प्रणाली मार्फत नेपाल सरकारको राजस्व भुक्तानी रकम ट्रान्सफर लगायत अन्य सेवाहरु पनि समावेश गरिएको छ । क्रेडिट कार्ड बिल भुक्तानी, मोबाईल वालेटको फण्ड लोड, सेयर, ब्रोकरको भुक्तानी लगायतका अन्य भुक्तानीहरु पनि सजिलै गर्न सक्ने भएको छ । अनलाईन मार्फत प्रति कारोबार रु. १ लाख सम्मको भुक्तानी गर्न सकिने छ भने मोबाईल एप्स मार्फत प्रति कारोबार रु. ५ हजार सम्मको भुक्तानी गर्न सकिने छ । 

यस प्रणालीमा हाल सम्म ४४ बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरिसकेकामा हाल सम्म ३२ वटा बैंक वित्तीय संस्थाहरुबाट उक्त सेवा उपलब्ध भइरहेको छ । कम्पनीले यस प्रणालीमा अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई पनि आवद्ध गराउदै लैजाने योजना रहेको छ । उक्त प्रणालीलाई सिंगल पेमेन्ट  प्लेटफर्मको रुपमा स्थापित गर्न बैंक वित्तीय संस्था लगायत अन्य भुक्तानी सेवा प्रदायकहरुलाई पनि आवद्ध गरेको छ । यस प्रणालीको पूर्ण सञ्चालन पश्चात नेपाल सरकारलाई बुझाउने कर, शुल्क वा दस्तुर लगायत अनलाईन रकम ट्रान्सफर तथा ई–कमर्श मार्फत सेवा ÷ वस्तुहरुको भुक्तानीहरु बैंक खाताबाट सोझै गर्न सकिने हुन्छ भने नेपालको राष्ट्रिय भुक्तानी प्रणाली पूर्वाधारलाई अन्तराष्ट्रिय स्तरमा पु¥याउन समेत सहयोग गर्ने विश्वास कम्पनीले लिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved