सांग्रिला डेभलपमेन्ट बैंकद्वारा रक्तदान कार्यक्रम

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 30, 2018 | 05:19:29 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो स्थापनाको १५ औं बर्षमा प्रवेश गरेको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । बैंकको केन्द्रीय कार्यालय, बालुुवाटार, कलष्टर कार्यालयहरु पोखरा र नेपालगञ्ज तथा शाखा कार्यालयहरु नारायणगढ र बुुटवलमा नेपाल रेडक्रसको सहयोगमा रक्तदान कार्यक्रम गरेको हो । 

केन्द्रीय कार्यालय बालुुवाटारमा ४५ प्वाइन्ट, कलष्टर कार्यालय पोखरामा १४२ प्वाइन्ट, नेपालगञ्जमा ८८ प्वाइन्ट, तथा शाखा कार्यालय नारायणगढमा २१ प्वाइन्ट र बुुटवलमा ३० प्वाइन्ट गरि कुल ३२६ प्वाइन्ट रगत संकलन भएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठले जानकारी दिए । 

बैंकले हाल ६८ वटा शाखा, १८ वटा ए।टी।एम। तथा ५ शाखाहरुबाट लकर सुविधा र ६ वटा शाखा इकाइबाट लघुुबित्त सेवा समेत प्रवाह गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved