महालक्ष्मी विकास बैंकले ल्यायो 'सुरक्षित' भिजा डेबिट कार्ड, डलर डेबिट कार्ड पनि ल्याउदै

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 01, 2018 | 05:51:52 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंकले चिप प्रणालीमा आधारित भिजा डेबिट कार्ड सार्वजनिक गरेको छ । कार्ड सम्बन्धी कारोबारलाई सुरक्षित र विश्वसनीय बनाउन कार्डबाट हुने कारोबारको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले चिप प्रणालीमा आधारित भिजा डेबिट कार्ड सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । 

यस अघि बैंकले आफ्ना ग्राहकहरुका लागि पारम्परिक Magnetic Stripe  प्रविधिका भिजा डेबिट कार्ड उपलब्ध गराउँदै आएको थियो । बैकले पूराना Magnetic Stripe प्रविधिका कार्डलाई चिप प्रणालीमा आधारित EMV महालक्ष्मी भिजा डेबिट कार्डमा प्रतिस्थापना गर्ने जनाएको छ । 

बैंकले संसारको जुनसुकै ठाउँबाट बैकिङ्ग कारोबार गर्न सकिने चिप प्रणालीमा नै आधारित डलर डेबिट कार्ड पनि सञ्चालनमा ल्याउने तयारी थालेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved