एनआइसीको ‘चमत्कारीक बचत खाता’, मौज्दातको आधारमा सुनचाँदी उपहार

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 05, 2018 | 05:53:39 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआइसी एशिया बैंकले तिहारको अवसरमा सुनचाँदीको उपहार सहित चमत्कारीक “चमत्कारीक बचत खाता” संचालनमा ल्याएको छ । १ हजार न्युनतम मौज्दातमा खोल्न सकिने यस बचत खातामा ७ प्रतिशत वार्षिक ब्याजदर दिईने बैंकले जनाएको छ । अनलाईनबाटै निशुल्क खाता खोल्न सकिने र दैनिक मौज्दातको आधारमा त्रैमासिक ब्याज भूक्तानी गरिने जनाईएको छ । वार्षिक औसत मौज्दातको आधारमा सुन तथा चाँदी उपहार पनि दिईने बताईएको छ । 

यस खातामा न्युनतम वार्षिक औसत मौज्दात १ लाख भएमा १० ग्राम चाँदीको सिक्का,  खातामा न्युनतम वार्षिक औसत मौज्दात २ लाख भएमा २५ ग्राम चाँदीको सिक्का दिईने बैंकले जनाएको छ । खातामा न्युनतम वार्षिक औसत मौज्दात १५ लाख भएमा २.५ ग्राम सुनको सिक्का र ३० लाख भएमा ५ ग्राम सुनको सिक्का बैंकको तर्फबाट उपहार दिईने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले जानकारी दिए । 

बैंकले हाल २६५ शाखा, २६५ एटिएम, २९ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved