१० हजार रुपैयाँको नोट छाप्न राष्ट्र बैंकलाई सुझाव

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 14, 2018 | 08:18:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकर्स संघका अध्यक्ष तथा नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले दश हजार रुपैयाँको नोट छाप्न सुझाब दिएका छन। नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबिआइ) ले 'इथिक्स अन बैंकिङ' मा आयोजना गरेको अन्तरकृया कार्यक्रममा बोल्दै ढुंगानाले नेपालको मुल्यवृद्धि अनुसार नेपाल राष्ट्र बैंकले दश हजार दरको नोट छाप्नुपर्ने बताए। 

उनले आजको दिनमा एक हजार रुपैयाँले केहि नआउने बताउदै मुद्रा व्यवस्थापनको लागि सरकारले ५००० र १०,००० दरको नोट छाप्नुपर्ने बताए। 'आजको दिनमा हजारको नोटले पनि केहि आउदैन, मुल्य वृद्धि अनुसार मुद्रा व्यवस्थापन गर्न राष्ट्र बैंकले कित ५ र १० हजार दरको नोट छाप्नुपर्यो कि त डिजिटल भुक्तानीलाई थप सहज र सरल बनाउनुपर्यो' ढुंगानाले भने। 

नेपाल राष्ट्र बैंकले अहिले १,५,१०,२०,५०,१००, ५०० र १००० दरका नोट छाप्दै आएको छ। महंगी बढेकाले हजार रुपैयाँ पनि भुक्तानीमा कम भएकाले त्यो भन्दा माथिको दरको नोट संचालनमा ल्याउनुपर्ने आवाज उठ्न थालेको हो। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved