आइएमईको दशैमा बीस लाख योजनाका विजेताले पाए १ लाख

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 16, 2018 | 02:49:07 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई लिमिटेडले दशैं, तिहार र छठलाई लक्षित गर्दै ल्याएको दशैमा बीस लाख योजनाअन्तर्गत पहिलो महिनाको विजेता घोषणा गरेको छ  । क्योदाइ रेमिटेन्स जापानबाट नेपालमा आइएमई गर्ने नेत्र बहादुर मल्ल ‘लक्की ड्र’ बाट पहिलो महिनाको विजेता घोषित भएका हुन् । उनले १ लाख रुपैयाँ प्राप्त गरेका छन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, प्रमुख संचालन अधिकृत द्वय खिलेन्द्र पौडेल र रुद्रराज पौडेलले विजेता मल्लको सिफारिसमा रीता सुनुवारलाई हस्तान्तरण गरे ।
मंसिर मसान्तसम्म लागु हुने यस योजनाअन्तर्गत अहिलेसम्म मासिक ‘लक्की ड्र’ बाट एक जना, साप्ताहिक ‘लक्की ड्र’ बाट पाँच जना र दैनिक ‘लक्की ड्र’ बाट तीन सय जना सेवाग्राहीहरू विजेता घोषित भइसको आइएमईले जनाएको छ ।
आइएमईले हाल १ सय ८४ आइएमई सेन्टर सहित ७७ जिल्लाका ८ हजार ५ सयभन्दा बढी सवएजेन्ट मार्फत सेवा पूदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved