एनआईसी एशियाबाटै लाईफ इन्स्योरेन्स कर्पोरेशनको बिमा सुविधा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 18, 2018 | 05:28:59 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकबाट लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को बिमा सुविधा प्राप्त हुने भएको छ । बैंक र इन्स्योरेन्स कम्पनीबीच भएको सम्झौता अनुसार अब एनआईसीका ग्राहकले बैंकका सबै २६५ वटै शाखाहरुबाट लाईफ इन्स्योरेन्सको बिमा सुविधा पाउने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत एवम् सुचना अधिकारी सुधिर नाथ पाण्डेले जानकारी दिए ।
सम्झौतामा बैंकको तर्फबाट का.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदरले हस्ताक्षर गरे ।
बैंकले हाल २६५ शाखा, २७० एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved