एनआईसी एशियाको २ नयाँ शाखा सञ्चालनमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 26, 2018 | 06:14:28 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकले २ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सिन्धुपाल्चोकको बलेफी गाउँपालिका खाँडिचौर र पाँचखाल नगरपालिकाको पाँचखालमा शाखा सञ्चालनमा ल्याएको बैंकका सूचना अधिकारी एवम् सहायक प्रमुखकार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले जानकारी दिए ।
खाँडिचौर शाखाको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री र पाँचखाल शाखाको पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले उद्घाटन गरे ।
बैंकले हाल २६६ शाखा, २७६ एटिनएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved