कन्काई विकास बैंकको लाभांश पारित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 27, 2018 | 12:06:50 PM मा प्रकाशित

laxmi  sunrise bank

कन्काई विकास बैंकले लाभांश प्रस्ताव पारीत भएको छ । बैंकको बाह्रौं वार्षिक साधारणसभाले नगद लाभांश ६.५ प्रतिशत र बोनश सेयर ३ प्रतिशत गरि जम्मा ९.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । साधारण सभाले सर्वसाधारण शेयरधनी तर्फ ३ जना सञ्चालकहरुको रिक्त पदमा प्रेम प्रसाद सुवेदी, अनिता खत्री र मनोज कुमार प्रसाईलाई ४ वर्षको लागि बैंकको सञ्चालक पदमा नियुक्त गरेको छ ।
बैंकले हाल झापा, मोरङ्ग र इलाम तीन जिल्लामा १६ वटा शाखा मार्फतसेवा प्रदान गर्दै आएकोमा पाँचथर र सुनसरीमा समेत कार्यक्षेत्र विस्तार गर्ने भएको छ । बैंकले चालु आर्थिक वर्षको आश्विन मसान्तसम्म १ अर्व ८१ करोड निक्षेप संकलन गरी १ अर्व ७५ करोड कर्जा प्रवाह गरेको जनाएको छ । यस अवधिमा ५३ लाख ६५ हजार संचालन मुनाफा हासिल गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश मान बज्राचार्यले जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved