एनआईशी एशिया बैंकको साधारणसभा पुस ४ मा, बुक क्लोज कहिले ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 27, 2018 | 01:30:30 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईशी एशिया बैंकले साधारणसभा आह्वान गरेको छ । बैंकले पुष ४ गते २१ औं वार्षिक साधारणसभा बोलाएको हो। बैंकको साधारणसभा सानेपा स्थित हेरिटज गार्डेनमा बस्नेछ ।


साधारणसभाले बैंकले प्रस्ताव गरेको लाभांश पारित गर्नेछ । बैंकको संचालक समितिले यस अघि १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताब गरेको थियो। साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ। हाल बैंकको चुक्ता पुंजी  ८ अर्ब ३ करोड रहेकोमा बोनस पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ८३ करोड रुपैयाँ पुग्ने छ। 

बैंकले साधारणसभा प्रयोजनको लागि मंसिर १९ गतेदेखि पुष ४ गतेसम्म बुक क्लोज गर्ने भएको छ। मंसिर १८ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved