मेगा बैंक प्रदेश ५ को प्रादेशिक कार्यालय भवन बुटवलमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 28, 2018 | 04:50:51 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक नेपालले प्रादेशिक कार्यालयका लागि बुटवलमा भवनको शिलान्यास गरेको छ । प्रदेश नम्बर ५ को प्रादेशिक कार्यालयका लागि बुटवलको मिलनचोकमा भवनको शिलान्यास गरिएको हो । मेगा बैंकका अध्यक्ष भोजबहादुर शाह र प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले संयुक्त रुपमा भवनको शिलान्यास गरे । मेगा बैंकले यसअघि नै बुटवलमा प्रादेशिक कार्यालय स्थापना गरि कारोबार सुरु गरेको छ ।
बैंककी सिइओ खुञ्जेलीले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा मात्रै बैंकले ४० करोड ४५ लाख खुद मुनाफा गर्न सफल भएको जानकारी दिए । उहाँका अनुसार, बैंकको कूल निक्षेप अघिल्लो बर्षको तुलनामा २६ अर्ब २७ करोड अर्थात् ६६ प्रतिशतले वृद्धि भई २०७५ आश्विन मसान्तमा ६६ अर्ब ११ करोड रुपैँया पुगेको छ । कर्जा तथा सापटी २६ अर्ब ५४ करोडले वृद्धि भई ६२ अर्ब २५ करोड कायम भएको छ ।
मेगा बैंकले हाल १०२ वटा शाखा, १८ वटा एक्टेनशन काउन्टर, ११९ वटा शाखारहित बैंकिङ, २ हजार ३ सय भन्दा बढी मेगा रेमीट सञ्जाल र ७९ वटा एटीएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved