हिमालयन बैंकसंग ३ अर्ब दाबि गर्ने मलेसियाको म्याक्स मनिलाई नेपालमा प्रतिबन्ध

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 28, 2018 | 07:59:21 PM मा प्रकाशित

laxmi  sunrise bank

भुक्तानी गर्नुपर्ने बक्यौताहरु भुक्तानी नगरेको भन्दै मलेसियाको म्याक्स मनी कम्पनीको कारोबार नेपालमा रोक्का भएको छ। म्याक्स मनीले रेमिट्यान्स कारोबार बापतको भुक्तानी गर्नुपर्ने बक्यौताहरु भुक्तानी नगरेकाले नेपालमा उसको सम्पूर्ण कारोबार रोक्का भएको नेपाल राष्ट्र बैंकले जनाएको छ। 

नेपालमा म्याक्स मनीको कारोबार रोक्का भएकाले अर्को सूचना जारि नहुँदासम्म उसंग कुनै पनि कारोबार नगर्न बैंक वित्तीय संस्था तथा रेमिट्यान्स कम्पनीहरुलाई राष्ट्र बैंकले निर्देशन दिएको छ। 

मलेसिया स्थति म्याक्स मनी कम्पनीले करिब ३ महिनाअघि हिमालयन बैंकले झुटो विवरण पेश गरी ३ अर्बभन्दा बढी रकम भुक्तानी लिएको भन्दै काठमाडौंमा पत्रकार सम्मेलन गरेको थियो। म्याक्सले ३ अर्ब हिनामिना गरेको दावी गरिरहँदा हिमालयनले भने म्याक्सले झन्डै ५ करोड रुपैयाँ खाइदिएको आरोप लगाएको छ। 

तर अध्ययनले म्याक्स मनीले बदमाशी गरेको पाइएको भन्दै राष्ट्र बैंकले उसंग कारोबार गर्न नेपालका बैंक वित्तीय संस्था तथा रेमिट्यान्स कम्पनीलाई रोक लगाएको हो। राष्ट्र बैंकको निर्देशन अनुसार अर्को सूचना जारि नहुँदासम्म नेपालका कुनै पनि बैंक वित्तीय संस्था तथा रेमिट कम्पनीले म्याक्स मनीसंग कारोबार गर्न पाउने छैनन। 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved