बुटवलमा मेगा बैंकको पहिलो प्रादेशिक कार्यालय शिलान्यास, ५ बर्ष भित्र सातै प्रदेशमा स्थापनाको लक्ष्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 28, 2018 | 08:31:12 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक नेपाल लिमिटेडले प्रादेशिक कार्यालय स्थापनाको सुरुवात गरेको छ। यहि क्रममा बैंकले प्रदेश नम्बर ५ को प्रादेशिक कार्यालयको लागि बुटवलमा अत्याधुनिक भवनको शिलान्यास गरेको छ। 

बैंकका अध्यक्ष भोजबहादुर शाह र प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीबाट बुधबार एक समारोहका बीच संयुक्त रुपमा भवनको शिलान्यास भएको छ। 

सो अवसरमा बोल्दै अध्यक्ष शाहले पञ्चबर्षीय रणनीतिक कार्ययोजना अनुसार सातै प्रदेशमा बैंकको प्रदेश कार्यालय स्थापना गरेर बैंकिङ पहुँच बृद्धि गरी रोजगारमुलक एवं उत्पादनमुलक क्षेत्रमा गरिने लगानीको बढोत्तरी गर्ने लक्ष्य रहेको बताए। ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने सरकारको  नारालाई साकार पार्न कृषि, पर्यटन, भौतिक पूर्वाधार, जलविद्युत, शिक्षा, स्वास्थ्य क्षेत्रका उद्यमी व्यावसायीसँग हातेमालो गर्न मेगा बैंक तयार रहेको भन्दै उनले सहकार्यका लागि आह्वान गरे। 

बैंकले यसअघि नै बुटवलमा प्रादेशिक कार्यालय स्थापना गरी कारोबारलाई केन्द्रीत गरिरहेको छ। आगामी ११ महिनाभित्र अत्याधुनिक भवन निर्माण गरी आफ्नै कार्यालयबाट सेवा प्रदान गर्ने योजना रहेको प्रमुख कार्यकारी अधिकृत खुञ्जेलीले बताइन।

बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ४० करोड ४५ लाख रुपैँया खुद मुनाफा गरेको छ। यस अवधिमा बैंकले ६६ अर्ब ११ करोड रुपैँया निक्षेप संकलन गरि ६२ अर्ब २५ करोड कर्जा प्रवाह गरेको छ। 

बैंकले हाल देशभरका १०२ वटा शाखा कार्यालय, १८ वटा एक्टेनशन काउन्टर, ११९ वटा शाखारहित बैंकिङ केन्द्रहरु, २ हजार ३ सय भन्दा बढी मेगा रेमीट सञ्जाल र ७९ वटा एटीएम मार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved