९ महिनापछि एनआईसी एसियाले पायो सीइओ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 02, 2018 | 07:09:54 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसियाको प्रमुख कार्यकारी अधिकृतमा रोशन कुमार न्यौपाने नियुक्त भएका छन बैंकको संचालक समितिको बैठकले कामू प्रमुख न्यौपानेलाई सीईओमा नियुक्त गरेको हो। 

न्यौपानेले तत्कालिन प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालको राजिनामा स्वीकृत भए पश्चात बैंकको कायम मूकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हाल्दै आएका थिए। 

आन्तरिक लेखापरीक्षण विभाग प्रमुखको रुपमा तत्कालीन बैंक अफ एशिया नेपालबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका न्यौपानेले बैंकको प्रमुख जोखिम अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत, तथा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी सम्हाल्दै बैंकको सीईओ बनेका हुन। 

चार्टड एकाउन्टेन्ट समेत रहेका न्यौपानेले आजै (मङ्सिर १६ गते) बैंकका अध्यक्ष तुलसीराम अग्रवालबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन।  संचालक समितिको मङ्सिर १६ गतेको बैठकले न्यौपानेलाई सीईओमा नियुक्त गरेसंगै करिब ९ महिनापछि एनआईसी एसियाले सीईओ पाएको छ। तत्कालिन सीइओ रिजालले फागुन २३ गते राजिनामा दिएका थिए। त्यसपश्चात चैत २ गतेदेखि बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रहेका न्यौपानेलाई अर्को ब्यबस्था नभएसम्मको लागि कामू प्रमुख नियुक्त गएको थियो।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved