मलेसिया बाट पैसा पठाउदा बिनोद बने लखपति

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 03, 2018 | 05:21:05 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटी एक्स्प्रेसले “लखपति एक्स्प्रेस” योजना अन्तर्गतको बिजेता घोषणा गरेको छ । 

पर्साका बिनोद अग्रहरी मलेसियाको मर्चण्ट्रेडबाट पैसा पठाई लक्कीड्र मार्फत दोस्रो महिनाको बिजेता बनेका हुन । सिटि एक्सप्रेसले बिजेता अग्रहरीलाई एक लाखको पुरस्कार प्रदान गरेको हो । 

सिटि एक्सप्रेसका अनुसार यस योजना अन्तर्गत ९ सय २४ जनाले दैनिक २ सयको मोबाईल टपअप, साप्ताहिक रुपमा ३० जनाले १० हजार र मासिक रुपमा एक जनाले १ लाख रुपैयाँ जीतिसकेका छन् । 

यो योजना असोज १ गतेदेखि मंसिर २९ गतेसम्म लागू हुने सिटि एक्सप्रेसले जनाएको छ । यो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्सफर गर्ने सम्पूर्ण सेवाग्राहीले उपहार योजनामा सहभागी हुन पाउनेछन् ।  उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहारको साथै १२ लाख रुपैयाँसम्म जीत्न सक्ने सिटि एक्सप्रेसले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved