पूर्वाधार विकास बैंकको सीईओमा ज्ञवाली नियुक्त, सर्वसाधारणलाई ८ अर्बकाे आईपिओ

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Dec 03, 2018 | 09:23:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इस्फ्रास्ट्रक्चर बैंक (नेपाल पूर्वाधार बैंक) लिमिटेडको सीइओमा अनिल ज्ञवाली नियुक्त भएका छन् । सोमबार बसेकाे बैंक सञ्चालक समितिको बैठकले ज्ञवालीलाई आगामी २ वर्षको लागि नियुक्त गरेको हो । ज्ञवालीसंग बैंकिङ क्षेत्रमा तीन दशक लामो अनुभव छ ।  उनी यस अघि नबिल बैंक र ग्लाेवल अार्इएमर्इ बैंककाे प्रमुख कार्यकारी अधिकृत भई सकेका छन् । ज्ञवालीले एक महिना पछि मात्र कार्यभार सम्हाल्नेछन् ।

नेपाल राष्ट्र बैंकले यस अघि नै बैंक स्थापनाको लागि सैद्धान्तिक सहमति प्रदान गरीसकेको छ । तर  बैंकले काराेबार सञ्चालन स्वीकृति पाउन बाँकी छ ।  अब सीइओ नियुक्ति भए संगै राष्ट्र बैंकमा सञ्चालनकाे लागि अन्तिम स्वीकृति  माग गर्ने तयारी बैंकको छ ।  

बैंकमा नेपाल सरकार लगायत देशका  विभिन्न वाणिज्य बैकहरु, बिमा कम्पनीहरु तथा निजी क्षेत्रको लगानी रहेको छ ।  बैंकमा नेपाल सरकारको तर्फबाट १० प्रतिशत, संस्थापकको तर्फबाट ५० प्रतिशत र सर्वसाधारण जनताको तर्फबाट ४० प्रतिशत शेयर रहेको छ ।  जस अनुसार संस्थापक समुहको तर्फबाट १२ अर्ब र सर्वसाधारण समुहको तर्फबाट ८ अर्ब रुपैयाँ शेयर पुँजी रहने छ । अर्थात् बैंकले सर्वसाधारणको लागि ८ अर्बको आईपिओ निष्काशन गर्ने छ । बैंकको चुक्ता पुँजी २० अर्ब रुपैयाँ रहेको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको मुख्य उद्देख्य पूर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा कर्जा प्रवाह तथा शेयरमा लगानी गर्ने, पूर्वाधार विकास सम्बन्धी परियोजना सञ्चालन गर्ने कम्पनीहरुको धितोपत्रमा लगानी गर्ने, पूर्वाधार विकास सम्बन्धी परियोजनाहरु निर्माण तथा सञ्चालनको लागी आवश्यक मेसिन, उपकरण तथा औजारको खरिद, विक्री वा आपूर्ति वा जडान सम्बन्धी कारोबारको लागि प्रतितपत्र खोल्ने तथा जमानत पत्रहरु जारी गर्ने,  राष्ट्र बैंकको स्वीकृति लिई पूर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा लगानी गर्न आवश्यक पुँजी रकम जुटाउनको लागि विभिन्न प्रकारका स्वदेशी वा विदेशी मुद«ामा वित्तीय उपकरण जारी गर्ने तथा ऋण प्राप्त गर्ने तथा लिजीङ्ग कारोवार गर्ने, दिर्घकालीन प्रकृतिको निक्षेप स्वीकार गरी वा डिवेन्चर जारी गरी श्रोत परिचालन गर्ने, विदेशी बैंक तथा वित्तीय संस्थाको जमानत स्वीकार गरी परियोजनामा कर्जा तथा सुविधा प्रदान गर्ने रहेको छ । 

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको स्थापना पश्छात नेपालको ठूला ठूला परियोजनामा लगानी गर्नका लागि पुँजी परिचालन हुने, नेपाल सरकार लगायत स्वदेशी तथा विदेशी लगानीकर्ताहरुको लागि परियोजना तर्जुमा, मूल्याङ्कन तथा जोखिम व्यवस्थापन सम्बन्धमा  सर–सल्लाह प्रदान गर्ने, स्वदेशी तथा विदेशी लगानीकर्ताहरुको लागि पुँजी परिचालन गर्न आवश्यक प्रवेशद्धारको रुपमा काम गर्ने र सरकारी तथा निजी क्षेत्रलाई पूर्वाधार क्षेत्रमा लगानी गर्न उत्साहित गरी देशको आर्थिक विकासमा टेवा पु¥याउने लक्ष्य बैंकले लिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved