ब्याजदर बारे बैंकर्स संघको नयाँ निर्णय, बार्गेनिङ गरेर जति पनि तोक्न पाउने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Dec 04, 2018 | 01:41:14 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंकर्स संघले सर्वसाधारण निक्षेपकर्तालाई दिने मुद्दतिको ब्याज बैंकहरुलाई खुला गर्ने निर्णय गरेको छ। संघको मंगलबार बसेको बैठकले ब्यक्तिगत निक्षेपमा बैंकहरुले आफ्नो अनुकुलतामा ब्याज निर्धारण गर्नको लागि बाटो खुला गरेको हो  । यस अघि मुद्दतिमा बढिमा साढे १० प्रतिशतसम्म दिन पाउने सहमति थियो।

बैठकले बचतको ब्याज दर सात प्रतिशत कायम गरेको छ । यस अघि ५ देखि ७ प्रतिशत कायम गर्ने  सहमति रहेकोमा अब भने न्यूनतंम सिमा हटाइएको छ 

संस्थागत निक्षेपको हकमा भने १० वर्षसम्मकोमा ११ प्रतिशत र १० वर्षभन्दा माथिकोमा आपसी सहमतिमा ब्याज निर्धारण गर्ने सकिने ब्यबस्था संघले गरेको छ ।

यस संगै  बैंकहरुबीच ब्याजदर बढाउने प्रतिस्पर्धा हुने देखिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved