७ वटा भन्सार कार्यालयमा प्रभु बैंकको एक्सटेन्सन काउन्टर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 04, 2018 | 05:13:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल भारत सीमामा रहेका ७ वटा भन्सार कार्यालयहरुमा बैंकिङ्ग सेवा उपलब्ध गराउने लक्ष्य सहित प्रभु बैंकले नयाँ एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ । झापााको भद्रपुर, सुनसरीको कोशी ब्यारेज, सिरहाको ठाडी, महोत्तरीको जलेश्वर, नवलपरासीको महेशपुर, कपिलवस्तुको सुठौली र कैलालीको सति भन्सार कार्यालयहरुमा बैंकले आज देखि एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याई सेवा प्रारम्भ गरेको हो । 

भन्सार विभागका महानिर्देशक तोयम रायाले बैंकको जलेश्वर भन्सार राजश्व संकलन काउण्टरको उद्घाटन गरेका हुन् । अन्य भन्सार कार्यालयका एक्स्टेनसन काउण्टरहरु सम्बन्धित भन्सार कार्यालयका प्रमुखहरुले उद्घाटन गरे । 

यसबाट  स्थानीय सेवाग्राही तथा संघ संस्थाहरुले बैंकको सेवा उपभोग गर्न पाउनुका साथै नेपाल सरकारको राजश्व संकलन प्रक्रियामा पनि टेवा पुग्ने बैंकले विश्वास लिएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved