बैंकहरुबीच ब्याजदर बढाउने प्रतिस्पर्धा सुरु, साढे १२ प्रतिशतसम्म पुग्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 05, 2018 | 01:33:25 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंकर्स संघले मंगलबार बिहान ब्याजदर बारे नयाँ निर्णय गरेपछि बैंकहरुबीच ब्याजदर बढाउने प्रतिस्पर्धा सुरु भएको छ  । संघले व्यक्तिगत निक्षेपको ब्याजदर आफ्नो अनुकूलतामा तोक्न वाणिज्य बैंकहरूलाई खुला गरेसंगै ब्याजदर बढाउने प्रतिस्पर्धा सुरु भएको हो 

मंगलबार नै जनता बैंकले मासिक ब्याज पाँउने गरी जनता मुद्दती निक्षेपमा वार्षिक १२% ब्याज दर सार्बजनिक गरेको थियो  ।  यस मुद्दती योजनामा ग्राहकले न्यूनतम रु. १ लाखमा ७५ दिन र सो भन्दा बढीको लागि मुद्दती खाता खोल्न सक्ने बैंकले जनाएको छ । साथै बैंकको सम्पूर्ण बचत खाताको ब्याजदर बार्षिक ७% कायम गरिएको बैंकले जनाएको छ । 

जनता बैंकपछि माछापुच्छ्रे बैंकले पनि ब्याज बढाएको छ । माछापुच्छ्रे बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर साढे १२ प्रतिशत पुर्याएको छ। प्रकाशित ब्याजमा थप आधाप्रतिशतसम्म ब्याजदर बढी दिन सकिने भएकोले बैंकको ब्याज १३ प्रतिशतसम्म पुग्नसक्छ। 

अन्य बैंकहरुले पनि ब्याज बढाउने अनुमान गरिएको छ । बैंकहरुमा लगानी योग्य रकमको अभाव हुन थालेपछि संघले यसअघिको भद्र सहमति खारेज गर्दै आफु अनुकुल ब्याज दर निर्धारण गर्न सक्ने सहमति गरेको हो  । 


यो पनि :

ब्याजदर बारे बैंकर्स संघको नयाँ निर्णय, बार्गेनिङ गरेर जति पनि तोक्न पाउने

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved