नेपाल बैंकर्स संघको कार्यसमिति सदस्यमा तीन बैंकर निर्विरोध, एभरेष्टका अध्यक्ष श्रेष्ठ सम्मानित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 06, 2018 | 10:02:17 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकर्स संघको कार्यसमिति सदस्यमा तीन जना बैंकर निर्विरोध निर्वाचित भएका छन। बैंकर संघको ३२ औं बार्षिक साधारणसभाले संघमा रिक्त रहेको तीन सदस्यमा उनीहरुलाई निर्विरोध निर्वाचित गरेको हो। 

संघको कार्यसमिति सदस्यमा निर्विरोध निर्वाचन हुनेमा सिभिल बैंकका गोबिन्द गुरुङ, माछापुछ्रे बैंकका सुमन शर्मा र ग्लोबल आइएमइ बैंकका जनक शर्मा पौडेल छन। 

बाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतबाट हटेलगत्तै संघको सदस्य पद खाली हुने प्राबधान अनुसार सुदेश खालिङ लक्ष्मी बैंकबाट बाहिरिएपछि संघमा एक पद खालि थियो। त्यस्तै पहिलेदेखि नै रिक्त रहेको पदमा अन्तरिक कार्यभार सम्हाल्ने गरी जिम्मेवारी पाएका जनता बैंकका प्रमुख कार्यकारी अधिकृत कुँवर क्षेत्री र सनराइज बैंकका सीईओ रत्नराज बज्रचार्यले उम्मेद्वारी नदिएपछि संघमा तीन पद रिक्त थियो। 

मङ्सिर २० गते सम्पन्न बार्षिक साधारण सभाले रिक्त सदस्य पदमा तीन जना नयाँ अनुहार ल्याएपछि संघमा ११ सदस्ययीय कार्यकारी सदस्य बनेको छ।    

एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठ सम्मानित 

संघले एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठलाई सम्मान गरेको छ। लामो समयदेखि बैंकिङ क्षेत्रमा पुर्याएको योगदानलाई कदर गर्दै श्रेष्ठलाई सम्मान गरिएको हो। गत बर्ष प्रथम गभर्नर हिमालय शम्शेर राणा सम्मानित भएका थिए। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved