महालक्ष्मी विकास बैंकको थप ४ शाखा संचालन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 16, 2018 | 09:17:11 AM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक  Mahalaxmi Bikas Bank Limited    ले थप चार शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।

बैंकले रुपन्देही जिल्ला, ओम सतीया गाउँपालिका वडा नं १, स्थित ठुटीपिपल शाखा तथा रुपन्देही जिल्ला, रोहिणी गाउँपालिका वडा नं ३ स्थित धकधई शाखा स्थापना गरी बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको हो । त्यस्तै बैंकले काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं ७ स्थित चाबहिल शाखा तथा धनुषा जिल्ला, जनकपुर उपमहानगरपालिका वडा नं ४, स्थित जनकपुर शाखा कार्यालयबाट पनि बैंकिङ्ग सेवा उपलब्ध गराएको छ ।

उल्लिखित शाखाहरु सञ्चालनमा आए पश्चात् कुल शाखा संख्या ८९ पुगेको बैंकले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved