रसुवामा जनता बैंकको स्वास्थ्य शिविर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 16, 2018 | 03:03:45 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंक Janata Bank Nepal Limited ले रसुवामा  निःशुल्क स्वास्थ्य तथा आँखा शिविर आयोजना गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नौकुण्ड गाउँपालिकामा र कालिका गाँउपालिकामा शिविर आयोजना गरेको हो । 

बैंकले नौकुण्ड गाउँपालिकामा मंसिर २५ मा स्त्री तथा प्रसूति रोग, छाला सम्बन्धि रोग र सामान्य स्वास्थ्य परिक्षण शिविर तथा २६ र २७ गते आँखा परिक्षण तथा मोतिबिन्दुको शल्यक्रिया शिविर गरेको हो । त्यस्तै  कालिका गाँउपालिकामा मंसिर २६ गते स्त्री तथा प्रसूति रोग, छाला सम्बन्धि रोग र सामान्य स्वास्थ्य परिक्षण गरिएको बैंकले जनाएको छ।

शिविरमा नेपाल नेत्र ज्योती संघ अन्तर्गत भरतपुर आँखा अस्पताल र अल्का अस्पताल जावलाखेलले प्राविधिक सहयोग उपलाब्न्ध गराएका थिए। 

स्वास्थ्य शिविरमा कूल ८४६ जनाको स्वास्थ्य परिक्षण गरिएको र ५४ जनाको शिविर स्थलमै मोतिबिन्दुको शल्यक्रिया गरिएको बैंकले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved