बढ्दैछ पब्लिक कम्पनीहरुको लापरबाही, मिसनपछि ग्लोबल आइएमईले खोस्यो सेयरधनीको अधिकार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 18, 2018 | 12:47:22 PM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्लो समय नेप्सेमा सुचिकृत कम्पनीहरुले संस्थागत सुशासनलाई कायम गर्न नसकेको पाईएको छ । यसै क्रममा मिसन डेभलपमेन्ट बैंक Mission Development Bank Limited  र ग्लोबल आईएमई बैंक Global IME Bank Limited ले लगानीकर्ताको सेन्टिमेन्टसंग खेलवाड गरेका छन।

नेपाल स्टक एक्सचेन्जमा सुचिकृत कम्पनीहरुले जारि गर्ने सूचनाहरुले कम्पनीको सेयरमुल्यमा प्रत्यक्ष अप्रत्यक्ष प्रभाव परिरहेको हुन्छ। सेयरमुल्यलाइ  प्रभाब  पार्ने सूचनाको बारेमा सुचिकृत कम्पनीहरुले नियामक र सेयरधनीहरुलाई जानकारी गराउनुपर्ने हुन्छ। तर पछिल्लो समय सुचिकृत कम्पनीहरुले सेयरधनीहरुको अधिकारलाई समेत बेवास्ता गरि सूचना लुकाउने गरेको पाइएको छ। त्यसमा पनि बुक क्लोज जस्तो महत्त्वपूर्ण बिषयसम्बन्धमा सेयरधनीहरुलाई समयमै सूचना दिनलाई कन्जुस्याइँ गरेको पाइएको छ ।

वुटवलमा रहेको मिसन डेभलपमेन्ट बैंकको मंसिर २३ गते संचालक समितिको बैठक बस्यो । बैठकले आगामी पौष २६ गते  ९ औं वार्षिक साधारणसभा गर्ने निर्णय गर्यो। तर कम्पनीले निर्णय गरेको एक साता भन्दा बढी समय बिती सक्दा पनि यस सम्बन्धि सुचना नेप्सेलाई उपलब्ध गराएको छैन ।  सामान्यतया यस्ता सूचनाहरु निर्णय भएको लगत्तै यथाशीघ्र दिनुपर्ने भन्ने कानूनी व्यवस्था छ । धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को अनुसूची १६ को खण्ड १७ मा 'संगठित संस्थाबाट जारी भएको सुचना' लाई पनि विशेष घटना र परिस्थितिको रुपमा वर्णिन गरिएको छ। जस अनुसार साधारणसभा पनि विशेष घटना र परिस्थितिको परिभाषामा पर्ने विषयवस्तु हो । तर बैंकले यो समाचार तयार पार्दा सम्म नेप्सेलाई सुचना उपलब्ध गराएको छैन ।  

उता ग्लोबल आईएमई बैंकले सोहि नियमावलीलाई आधार मानेर साधारणसभा सम्बन्धि पत्र नेप्सेलाई पठाएको छ । तर कम्पनीले त्यसमा पूर्ण विवरण राख्न भने आवश्यक ठानेको छैन । बैंकको पुस १ गते बसेको संचालक समितिको बैठकले पुस २७ गते साधारणसभा गर्ने निर्णय गरेको हो । बैंकले सभामा पेश हुने सम्पूर्ण एजेण्डा पत्रमा उल्लेख गरेको छ । तर साधारणसभाको लागि गरिने बुक क्लोजको मिति भने बैंकले उपलब्ध गराएको छैन । बुक क्लोजको मिति नहुँदा कहिले सम्म कायम शेयरधनीले लाभांश पाउने र साधारणसभामा भाग लिन पाउने भन्ने बारे लगानीकर्ता अन्योलमा छन् । 

बैंकका कम्पनी सचिव बिष्णु प्रसाद बास्कोटा साधारणसभाको पूर्ण जानकारी सहितको सूचना दैनिक  पत्रिकामा आउने र त्यहि बुक क्लोजको मिति उल्लेख हुने बताउछन् । यद्यपि उनले साधारणसभा प्रयोजनको लागि पुस १३ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने जानकरी दिए । यस हिसाबमा पुस १२ गतेसम्म कायम लगानीकर्ताले मात्र  साधारणसभामा भाग लिन प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved