एनआईसी एशियाको लाभांश प्रस्ताव पारित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 19, 2018 | 04:44:37 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले बोनस शेयर र नगद लाभांश प्रस्ताव पारित गरेको छ । बैंकको साधारण सभाले ८० करोड ३१ लाख ११ हजार ७ सय बोनस शेयर र ४ करोड २२ लाख ६९ हजार ३७ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
साधारणसभाले साविक अधिकृत पूँजी ८ अर्ब चार करोडलाई वृद्धि गरि ८ अर्ब ८४ करोड बनाउन र साविक तत्काल चुक्ता पूँजी ८ अर्ब ३ करोड ११ लाख १६ हजार ९९८ लाई वृद्धि गरी ८ अर्ब ८३ करोड ४२ लाख २८ हजार ६९८ बनाउन स्वीकृती प्रदान गरेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले जानकारी दिए । बैंकले चालु आ.व. २०७५÷७६ को लागि टि आर उपाध्याय एण्ड कम्पनीलाई बाह्य लेखापरिक्षकमा नियुक्त गरेको छ ।
एनआईसी एशियाले हाल २७० शाखा, २८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved