ब्याजदर घटाउन बैंकर्स संघ सहमत, कुनमा कति कायम ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 20, 2018 | 05:28:56 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंकर्स संघले ब्याजदर घटाउने बिषयमा भद्र सहमति गरेको छ। बिहिबार अपरान्ह बसेको संघको बैठकले ब्याजदर घटाउने भद्र सहमति गरेको गरेको हो । 

नयाँ सहमति अनुसार अब बैंकहरुले ब्यक्तिगत मुद्दतिमा ९.२५ प्रतिशतसम्म ब्याज दिन सक्ने छन् ।  यसमा बैंकहरुले ०.५ प्रतिशतसम्म थप गर्न सक्ने  प्रावधान छ।

त्यस्तै संस्थागत निक्षेपतर्फको ब्याजदर अधिकतम ८.५ प्रतिशत कायम गर्ने सहमति भएको छ । चल्ती बचतको ब्याजदर भने  ६.५ प्रतिशत भन्दा माथि नलैजाने सहमति भएको छ । 

यस अघि राष्ट्र बैकका गभर्नर डा. चिरञ्जिबी नेपाल, डेपुटी गभर्नरहरु चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठले सबै बैंकका सीईओहरुसंग छलफल गरेर ब्याजदर घटाउन दबाब दिएका थिए ।  एक पटकलाई राष्ट्र बैंकले कर्जा निक्षेपको अनुपात ८० प्रतिशत माथि गएका बैंकहरुलाई कार्वाही नगर्ने भए पछि व्याजदर घटाउन बैंकहरु तयार भएका हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved