कसैसंग मर्जरको कुरो चलेको छैन, एनएमबिले प्राप्ति गर्ने समाचार निराधार: गरिमा विकास बैंक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 23, 2018 | 07:38:21 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंकले गरिमा बिकास बैंक Garima Bikas Bank Limited लाई प्राप्ति गर्ने समाचार 'झुटो' भएको खुल्न आएको छ। केहि मिडियाहरुमा एनएमबिले गरिमालाई प्राप्ती गर्ने समाचार प्रकाशित भएपछि एक बिज्ञप्ती जारि गर्दै गरिमा विकास बैंकले कुनै पनि बैंक वित्तीय संस्थासंग मर्जर तथा प्राप्तिको कुरा नभएको जनाएको छ। 

'गरिमा विकास बैक कुनै पनि बैंक वित्तीय संस्थासंग मर्जर प्रक्रियामा नरहेको र मर्जर तथा प्राप्ति सम्बन्धमा आएको समाचार निराधार हो' बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालद्वारा हस्ताक्षरीत बिज्ञप्तीमा उलेल्ख छ। 

एभरेष्ट र लक्ष्मी बैंकबीचको मर्जरको हल्ला चुटेर मनग्गे कमाएका सेयरका खेलाडीहरुले यस्तो समाचार लेखाएको हुन सक्ने गरिमा बिकास बैंकका एक उच्च अधिकारिले बिजपाटीलाई बताए। 'यस्तो निराधार समाचार कसले किन बाहिर ल्यायो, त्यसको अध्ययन र खोजी कार्य थालिसकेका छौँ, प्रमाण भेट्ने बित्तिकै कारबाही गर्न पछि हट्ने छैनौं' ति अधिकारिले भने, 'गरिमा विकास बैंक आफैंमा सक्षम र बलियो राष्ट्रिय स्तरको बिकास बैंक हो, जहाँ हामि छौँ त्यहाँ हाम्रो पकट राम्रो छ, मर्जर वा प्राप्ति नै गर्न परे हामीले सेयरको मुल्यमा प्रभाब नपर्ने गरि सूचना नै जारि गर्छौं।'



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved