गरिमा विकास बैंक Garima Bikas Bank Limited ले दाङको घोराही र कैलालीको धनगढीमा शाखा विस्तार गरेको छ । घोराही उप–महानगरपालिकाका मेयर नरुलाल चौधरीले घोराही शाखाको र धनगढी उप–महानगरपालिकाका मेयर निर्प ओडले धनगढी शाखाको उद्घाटन गरे ।
गरिमाले हाल काठमाण्डौं उपत्यकाभित्र ८ वटा शाखा सहित देशभर ६६ शाखा र १५ वटा एटीएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।