सेञ्चुरी कमर्सियल बैंक Century Commercial Bank Limited ले बाल विनायक आधारभूत विद्यालय, सूर्यविनायक भक्तपूरलाई १ थान कम्प्युटर सहयोग गरेको छ । बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले विद्यालयका प्रधानाध्यापक बाबु काजी श्रेष्ठलाई कम्प्युटर सहित ३५ थान स्कुल ब्याग हस्तान्तरण गरे । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई सहयोग गरेको जनाएको छ ।
सेञ्चुरीले हाल काठमाडौं उपत्यकामा १२ शाखा र ६ वटा एक्स्टेन्सन काउन्टर सहित उपत्यका बाहिर ९५ शाखा, २ वटा एक्स्टेन्सन काउन्टर र १२ शाखारहित बैंकिङ्ग मार्फत सेवा प्रदान गर्दै आएको छ ।