ज्योति विकास बैंकका ग्राहकलाई ग्राण्डी हस्पिटलमा छुट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 28, 2018 | 04:04:57 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति विकास बैंक Jyoti Bikash Bank Limited का ग्राहकले ग्राण्डी हस्पिटलमा उपचार गराउँदा छुट पाउने भएका छन् । बैंक र हस्पिटलबीच सम्झोता भएपछि बैंकका ग्राहक तथा कर्मचारीले ग्राण्डिमा उपचार गराउँदा छुट पाउने भएका हुन् ।
सम्झौतामा बैंकका तर्फबाट बैंकका सहायक महाप्रबन्धक राम हरि आचार्य र अस्पतालका तर्फबाट प्रमुख संचालन अधिकृत कोल. अम्रित खन्नाले हस्ताक्षर गरे । छुट पाउन बैंकका ग्राहकहरुले बैंकको एटिएम कार्ड र कर्मचारीहरुले बैंकको परिचय पत्र अनिवार्य देखाउनुपर्ने कम्पनी सचिव मदन कुमार महतले जानकारी दिए ।
ज्योति विकास बैंकले हाल ८२ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved