प्रभु इन्स्योरेन्स कम्पनीको बीमा सुविधा सिन्धु बिकास बैंक Sindhu Bikas Bank Limited बाट प्राप्त हुने भएको छ । सिन्धुका ग्राहकले बैंकका सबै शाखाबाट प्रभु इन्स्योरेन्सको बीमा लेख लिन, बीमाशुल्क भुक्तानी गर्न तथा बीमा दाबी भुक्तानी गर्न क्निे भएका छन् ।
बैंक र इन्स्योरेन्स कम्पनीबीच भएको सम्झौता भएपछि यस्तो सुविधा प्राप्त हुने भएको हो । सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश प्रसाद जोशी र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत संचित बज्रचार्यले हस्ताक्षर गरे ।