कर्जाबजार मार्फत सेवा दिने पहिलो विकास बैंक बन्यो सिन्धु, के छन् सुबिधा ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 02, 2019 | 09:21:41 AM मा प्रकाशित

laxmi  sunrise bank

सिन्धु बिकास बैंक Sindhu Bikas Bank Limited  र फिनिक्स क्यापिटल बीच डिजीटल मार्केटप्लेस प्रणाली अन्र्तगत ग्राहक निर्माण तथा कर्जा सहजिकरण सम्बन्धि सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश प्रसाद जोशी र फिनिक्स क्यापिटलका तर्फबाट प्रमुख संचालन अधिकृत बिकल चौलागाईंले हस्ताक्षर गरेका हुन् ।


यस सम्झौता पछि बैंकबाट सेवा लिन चाहने सवै ग्राहकहरुले फिनिक्स क्यापिटलद्वारा संचालित डिजीटल मार्केट प्रणाली karjabazaar.com  अन्र्तगत प्रदान गर्ने सम्पुर्ण सेवा सुविधा प्राप्त गर्न सक्ने छन । सेवा सुबिधा लिन चाहने जो सुकै व्यक्तिलाई क्यापिटलले जानकारी दिने , उपयुक्त सेवा सुविधा छनौट गर्न तथा बैंकलाई आवश्यक पर्ने कागजात तथा कर्जा प्रस्ताव निर्माण गर्न सहयोग गर्ने बैंकले जनाएको छ ।

 सिन्धु विकास बैंक यस बजारमार्फत पनिआफ्नो सेवा सुविधाप्रदानगर्ने पहिलो विकास बैंक बनेको छ । यस अघि स्टयान्र्डड चार्टड बैंक र एन.एम.बि. बैंकले बजार संग सम्झौता गरी सकेका छन । यस सम्झौताबाट ग्राहकहरुलाई सिन्धु विकास बैंकबाट घर कर्जा, ब्यक्तिगतकर्जा, ब्यापारिक कर्जा, शेयर कर्जा लगायतअन्य सम्पुर्ण कर्जा सुविधा प्राप्त गर्न थप सहयोग पुर्याउने बैंकले विश्वास लिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved