अनलाइन कारोबारको लागि ग्लोबलको छुट्टै खाता , हाल कायम ग्राहकले के गर्ने ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 02, 2019 | 12:12:34 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आईएमई बैंकले अनलाईन शेयर कारोबारको नयाँ खाता संचालनमा ल्याएको छ  । बैंकले  स्वचालित प्रणालीबाट अनलाईन शेयर कारोबार गरी शेयर खरिद विक्री बापतको रकम रकमान्तर तथा राफसाफको लागि 'ग्लोबल शेयर लगानी बचत खाता' सञ्चालनमा ल्याएको हो । 

 यस बचत खाताबाट लगानीकर्ताहरुले घरमै बसी बसी सजिलै स्वचालित अनलाईन शेयर कारोबार गर्न तथा शेयर खरिद विक्री बापतको रकम राफसाफ गर्न सक्ने बैंकले जनाएको छ ।  यस खातामा ६ प्रतिशत ब्याज उपलब्ध हुने छ । त्यस्तै यस खातामा निशुल्क मोबाइल/भाईबर बैंकिंग, पहिलो बर्ष निशुल्क्त डिम्याट खाता, पहिलो बर्ष निशुल्क मेरो शेयर खाता, पहिलो बर्ष निशुल्क डेबिट कार्ड उपलब्ध हुने बैंकले जनाएको छ । त्यस्तै खातामा आस्वा सुबिधा, इन्टरनेट बैंकिंग, र चेक सुबिधा निशुल्क पाइने बैंकले जनाएको छ । साथै आईपिओ र एफपिओबारेको जानकारी पनि बैंकले दिने जनाएको छ । यसको अलावा लकर , क्रेडिट कार्ड, ऋण प्रोसेसिंगमा ५० प्रतिशत छुट हुने पनि बैंकले जनाएको छ । 

यी सबै सेवा बैंकको जुन सुकै शाखाबाट पनि लिन सकिने बैंकले स्पष्ट पारेको छ । साथै बैंकका हाल कायम रहेका ग्राहकहरुले अहिले भएकै खाताबाट शेयरको अनलाइन कारोबार गर्न सक्ने बैंकले जनाएको छ । तर त्यसको लागि ई बैंकिंग (ebanking) भने अनिवार्य रुपमा लिनु पर्ने छ । 

अनलाइन ट्रेडिङको लागि नेप्सेले ग्लोबल सहित ४ बाणिज्य बैंकसंग 'बैंक इन्टिग्रेसन गरेको थियो  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved