सरकारी बैंकको ब्राण्ड एम्बेसडर बनिन मिस नेपाल खतिवडा, पारिश्रमिक कति ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 02, 2019 | 07:05:23 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैकले मिस नेपाल (२०१८) शृंखला खतिवडालाई ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ। आफ्नो व्यवसायलाई प्रचार प्रसार तथा प्रवर्दन गर्नलाई खतिवडालाई एम्बेसडर नियुक्त गरिएको बैंकले जनाएको छ। 

खतिवडालाई ब्राण्ड एम्बेसडर नियुक्त गर्ने सम्बन्धि सम्झौतामा मिस नेपाल कार्यक्रम संचालन गर्दै आएको दी हिडन ट्रेजर प्रालिका अध्यक्ष गोपाल सुदरलाल कक्षपती र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरे। 

मिस नेपालले कुनै पनि सरकारी निकायसंग यसरि सम्झौता गरेको यो नै पहिलोपटक भएको हिडन ट्रेजरका अध्यक्ष कक्षपतीले बताए। उनका अनुसार यसअघि कुनैपनि सरकारी स्वामित्वको संस्थाले मिस नेपाललाई यसरि ब्राड एम्बेसडरमा नियुक्त गरेको थिएन । सम्झौता अनुसार खतिवडाले कम्तिमा मिस नेपाल २०१९ घोषणा नहुदासम्म बैंकको ब्राण्ड एम्बेसडरमा रहनेछिन। 

मिस नेपालको पारिश्रमिक कति भन्ने बिजपाटीको प्रश्नको जवाफमा करोड ननाघेको बैंकका सीईओ श्रेष्ठले बताए। कार्यक्रममा बताइएअनुसार ब्राण्ड एम्बेसडरका लागि भएको सम्झौता रकम मिस नेपाल कार्यक्रम संचालक हिडन ट्रेजर र मिस नेपाल खतिवडाले पुर्वसमझदारी अनुसार बाँडफाड हुनेछ।

मिस नेपाल खतिवडाले राष्ट्रिय बाणिज्य बैंक जस्तो ठुलो बाणिज्य बैंकको ब्राण्ड एम्बेसडर बन्न पाएकोमा खुसि व्यक्ति गर्दै यो साझेदारी निरन्तर रहने बिश्वास व्यक्त गरिन। प्रश्नको जवाफ दिंदै खतिवडाले आफुसंग अहिले बाणिज्य बैकको खाता नभएको र छिट्टै नै अवसर जुटाएर बाणिज्य बैंकमा खाता खोल्ने बताइन।  

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved