राष्ट्रिय बाणिज्य बैंक ५३ बर्षअघि २०२२ साल माघ १० गते मुलुकको आर्थिक क्षेत्रको विकासमा टेवा पुर्याउने उदेश्यका साथ स्थापना भएको देशकै ठुलो बाणिज्य बैंक हो।
नेपालका ७७ मध्ये ७४ जिल्लामा आफ्नो उपस्तिथी जनाएको यस बैंकले २१० वटा शाखा कार्यालय, १६५ एटिएम, १७ एक्सटेन्सन काउन्टर, ९३ वटा शाखा रहित बैंकिङ मार्फत ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ। चालू आर्थिक बर्ष भित्र बैंकले आफ्नो सेवा तथा कार्यक्षमता बिस्तार गरि २३८ शाखा, २०० एटिएम र ११३ स्थानमा शाखा रहित बैंकिङ संचालनमा ल्याउने लक्ष्य लिएको छ।
भर्खरै मात्र ६ सय कर्मचारी भर्ना गर्ने क्रममा रहेको यस बैंकमा हाल २ हजार २८६ कर्मचारी छन। ५३ बर्षे लामो इतिहास बोकेको यस बैंकमा युवाहरु भएको बैंकका रुपमा चिनिन्छ।
कार्यक्षेत्र र कर्मचारी संख्याले मात्रै नभई बाणिज्य बैंक ब्यापार तथा व्यवसायको हिसाबले पनि देशकै ठुलो बाणिज्य बैंक हो। बैंकले चालु आर्थिक बर्षको पहिलो तीन माहिनामा नै १ खर्ब ६४ अर्ब निक्षेप संकलन गरि १ खर्ब २३ अर्ब कर्जा प्रवाह गरेको छ। यस अवधिमा बैंकको खुद मुनाफा १ अर्ब १२ करोड पुगेको छ। जुन गत बर्षको यसअवधिसँगको तुलनामा ७० करो ८७ लाखले बढी हो।
तत्कालिन एनआइडीसी डेभलपमेन्ट बैंकलाई राष्ट्रिय बाणिज्य बैंकमा गत २०७५ बैशाख १९ देखि गाभीई एकीकृत कारोबार थालेपछि बैंकको व्यवसाय तथा सेवामा वृद्धि हुन गइ समग्र बैंकिङको वित्तीय अवस्थामा सकारात्मक परिवर्तन भएको छ। बिगत ११ बर्षयतादेखि बैंकको सबै वित्तीय सूचकहरु सकारात्मक ढंगले अघि बढेको यस बैंकले सेवा बिस्तारमा ब्यापक सुधार गरेको छ। तथापि बैंक कारोबार भोलुममा देशकै ठुलो बाणिज्य बैंक भएपनि आम नेपाली सर्वसाधारणले भने बैंकको मुनाफामा र बैंकको स्वामित्वमा अपनत्व लिने अवसर पाएका छैनन।
नेकपा सरकारले १ अर्ब भन्दा बढी चुक्ता पुंजी भएका संस्थाहरुलाई सेयरबजारमा भित्र्याउने लक्ष्य लिएपनि बाणिज्य बैंकलाई भित्र्याएर सर्वसाधारणलाई समेत स्वामित्व अपनत्व ग्रहण गर्ने अवसरबाट देश चुकेको छ। पुंजी निर्माणको आधार सेयरबजार हो भन्ने सरकारले निजि क्षेत्रका बैंक वित्तीय संस्था तथा अन्य व्यवसायलाई सेयरबजारमा भित्र्याउन प्रोत्साहन गरेपनि बाणिज्य बैंकमा भने शतप्रतिशत स्वामित्व लिएर बसेको छ।
आम सर्वसाधारणले बाणिज्य बैंकको सेयर किन्ने मौका पर्खेर बसेको बर्षौं बितिसकेको छ तर सरकारले भने बैंक तथा वित्तीय संस्थालाई नियमन गर्न बनेको ऐन, बाफिया मै कानुनी व्यवस्था गरि बाणिज्य बैंकलाई सेयरबजारमा ल्याउन नपर्ने बनाएको छ। सेयरबजारलाई प्राथमिकतामा राखेको संदेश दिन अनेक नेकपा सरकारले अथक प्रयास गरेको छ। तर बाणिज्य बैंकको केहि हिस्सा आम नेपालीलाई बिक्रि गरि देशकै ठुलो बाणिज्य बैंकलाई सेयरबजारमा ल्याउन भने अनिच्छा जनाएको छ।
बाणिज्य बैंक सेयरबजारमा ल्याउन किन सकिएन भन्ने प्रश्न बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई सोध्दा उनले दिएको जवाफ यस्तो छ: