सिटिजन बैंकको गण्डकी प्रदेशको प्रादेशिक कार्यालय आफ्नै भवनमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 03, 2019 | 11:37:50 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन बैकको इन्टरनेश्नल लिमिटेडले प्रदेश को प्रादेशिक कार्यालय आफ्नै भवनमा स्थापना गरेको छ।  नेपालको संबिधान २०७५ ले राज्यको संरचना संघ, प्रदेश र स्थानीय गरि तीन तहको अवधारणालाई आत्मसाथ गर्दै आफ्नै भवनमा प्रादेशिक कार्यालय संचालनमा ल्याएको बैंकले जनाएको छ। 

प्रादेशिक कार्यालय आरम्भ समारोहमा प्रदेश नं ४ का उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो। 

प्रदेश नं ४ अन्तर्गत बैंकका ५ वटा शाखाहरु ( बागलुंग, बेनी, चामे, पोखराको न्युरोड तथा सिमलचौर) बाट व्यापार बिस्तारका साथ साथै शाखाहरुसंगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू प्रादेशिक कार्यालयले छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने बैंकले विश्वास लिएको जनाएको छ। 

प्रदेश नं ४ मा रहेका ११ मध्यै ४ वटा जिल्लामा बैंकको पहुँच रहेको छ । यस प्रदेशमा बैंकले करिव १७,००० ग्राहकवर्गलाई  बैंकिंग सेवा प्रदान गर्दै आएको छ । बैंकले आफ्ना ८० वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख  ग्राहकवर्गलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।   


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved