माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited का अध्यक्ष डा. बिरेन्द्र प्रसाद महतोले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । बैंकको २० औं साधारण सभाबाट अध्यक्षमा निर्वाचित महतोले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपाल समक्ष सपथ ग्रहण गरेका हुन् ।
हाल बैंकले ८८ वटा शाखा, २ एक्सटेन्सन काउण्टर, १११ वटा एटीएम र ५२ शाखा रहित बैकिङ्ग मार्फत सेवा प्रदान गर्दै आएको छ ।